नेपाल सरकारको स्थानीय तह निर्वाचन ऐन २०७३ र नियमावली २०७३ जारी गरी ७५३ स्थानीय तह गाउँपालिका र नगरपालिक पुर्नसंरचना पारित भई राजपत्रमा प्रकाशन भएसँगै साविक जिल्ला विकास समितिहरुलाई स्थानीय तहको समन्वय गर्न स्थानीय विकास मन्त्रालयको भूमिकामा जिल्ला समन्वय समिति गठन गर्ने व्यवस्था गरेको छ ।जिल्ला विकास समितिले गर्दै आएको कार्यकारिणी कार्यहरु अब स्थानीय तहले गर्ने तथा जिल्ला समन्वय समितिले समन्वय र अनुगमन मात्र गर्ने गरी जिल्ला समन्वय समितिको गठन गरिएको छ । जिल्ला समन्वय समितिको कार्यालय मनाङको कार्यालय मनाङ जिल्लाको सदरमुकाम चामेमा चामे गाउँपालिका वडा नं. ४ मा अवस्थित छ ।