सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका श्रीमान् सचिवज्यूबाट कार्यालय निरीक्षण आ. ब. २०८०।८१ पाँचौ जिल्ला सभा आ. ब. २०८०।८१ मा जिल्ला समन्वय समितिका प्रमुख श्री चिनबहादुर घलेज्यूबाट संबोधन जिल्ला समन्वय समित मनाङको तेस्रो जिल्ला सभा तथा आ‍ ब २०७७।७८ को बार्षिक समीक्षा कार्यक्रम मिति २०७८।०८।०६ मा चामे गा पा सभाहलमा सम्पन्न गण्डकी प्रदेशका प्रदेश प्रमुख माननीय अमिक शेरचनज्यूबाट जिल्ला समन्वय समिति मनाङको निरिक्षण कार्य सम्पन्न मिति २०७७।०८।१३ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आ.ब. २०७७।०७८ को योजना छनौट कार्यक्रम सम्पन्न मिति २०७७।०८।०७ मनाङ जिल्लाकाे पहिलाे जिल्ला सभाकाे वैठक सम्पन्न मिति २०७४/०३/१८ मनाङ जिल्ला खुला दिशामुक्त क्षेत्र घाेषाणा मिति २०७४-३-१७ अा.व.०७३/७४ काे लागि अायाेजना प्राथमिकिकरण सूची र छनाैटका अाधार

संक्षिप्त परिचय

प्रदेश नं. ४ मा पर्ने मनाङ हिमालपारीको सुन्दर जिल्लाको रुपमा परिचित जिल्ला हो । नेपाल सरकारको मापदण्ड अनुसार दुर्गम जिल्ला अर्थात "क" वर्गको जिल्लाको रुपमा यो जिल्ला पर्दछ । जिल्लाको भौगोलिक विकटताको साथसाथै अत्यन्तै मनमोहक भौतिक एवं सांस्कृतिक विशेषताहरुले यो जिल्ला भरिपुर्ण छ । प्राकृतिक छटाले भरिपुर्ण हिमालको काखामा अवस्थित यस जिल्लामा अग्ला भिराला पहाडहरु र उच्च हिमश्रृखलाहरुले लाखौ स्वदेशी तथा बिदेशी पर्यटकहरुको गन्तब्य मार्ग, बहुमुल्य जडिबुटि र वनसम्पदा, अपार जलश्रोत र ,जौविक विविधताले भरिपुर्ण छ । विश्वको र्सवाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल तथा अन्य असंख्य कुण्ड एवं स-साना तालहरुको बेजोड संगम भएको यो जिल्लाको कुल क्षेत्रफल २२४६ वर्ग कि.मि. छ । मनाङ जिल्ला भौगोलिक अवस्थितिका हिसाबले २८ डिग्रि २७ मिनेट देखि २८ डिग्रि २८ मिनेट उत्तरी अक्षांश र ८३ डिग्रिं ४०मिनेट पूर्वी देशान्तर देखि ८४ डिग्रि ३४ मिनेट पूर्वी देशान्तरमा फैलिएको छ । उचाईको हिसाबले यो जिल्ला समुन्द्री सतहबाट १६८० मिटर देखि ८१६३ मिटरसम्मको उचाईमा रहेको छ । ४ वटा गाउँपालिका, २८ वटा वडा तथा ३५ भन्दा बढि ग्रामिण बस्ती भएको मनाङ्ग जिल्लामा ६५३८ जनसंख्या रहेको छ ।
थप पढ्नुहोस्

बजेट तथा कार्यक्रम

नमुना फारमहरू

सार्वजनिक खरिद / बोलपत्र

बिल सार्वजनिकिकरण

Skip to toolbar