
जिल्ला समन्वय समिति मनाङ्ग
चामे, मनाङ
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आ.ब. २०७७।०७८ को योजना छनौट कार्यक्रम सम्पन्न
प्रतिनिधि सभाका सदस्य एवं स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संचालन कार्यविधि) २०७७ को निर्देशक समितिका संयोजक माननीय श्री पाल्देन छोपाङ गुरुङज्यूको संयोजकत्वमा मिति २०७७।०८।०७ गते बसेको निर्देशक समिति बैठकबाट आ.ब. २०७७।०७८ को लागि कार्यक्रम परामर्श समितिबाट सिफारिस भई आएका योजनाहरु यस जिल्लाका चामे गाउपालिका, नासो गाउँपालिका, नार्पाभूमि गाउँपालीका र मनाङ ङिस्याङ गाउँपलिकाको लागि योजना छनौट गर्ने कार्य सम्पन्न भयो । यसरी छनौट भएका योजना तथा कार्यक्रमहरु सम्वन्धित गाउँपालिका पठाउने समेत निणर्य भयो । सो अवसरमा यस जिल्लाका प्रतिनिधि सभाका सदस्य माननीय यशोदा सुवेदी गुरुङ्गको समेत उपस्थित रहेको थियो ।